पानवारी । धरान उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष भुवन मोत्तानको अन्तिम संस्कार भोली शुक्रबार गरिने भएको छ ।
मोत्तानका दाजु वंशी मोत्तान तथा एक छोरा समेत देशबाहिर भएकोले उनीहरु आएपछि मात्र अन्तिम संस्कार गरिने तथा पार्टीले पनि सोही दिन श्रद्धाञ्जली कार्यक्रम राख्ने एमाले धरान नगर राजमणी निरौलाले जानकारी दिएका छन् ।
मोक्तान विगत ६ महिनदेखि अस्पतालमा उपचाररत थिए । सुगर, प्रेसर तथा मुटु सम्बन्धि रोगबाट पीडित उनी पछिल्लो समय ब्रेन ह्यामरेज भइ उनको निधन भएको हो । मोक्तान पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक लडाईमा होमीएका थिए । उनी नेकपा एमालेमा रहेर धरान नगर उपसचिव, सुसनरी जिल्ला कमिटि सदस्य हुँदै हाल एमालेको जिल्ला सल्लाहकार रहेका थिए । उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकाको वडा नं. ७ मा निर्वाचित वडाध्यक्ष समेत हुन् । उनको परिवारमा एक श्रीमती, २ छोरा बुहारी तथा २ नाति नातिना रहेका छन् ।
मोत्तानको अन्तिम संस्कार शुक्रबार मात्रै गरिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































