मधुमल्ला । चर्चाको बिषयमा रहेको ३३ किलो सुन तस्करीमा संलग्न राजा महाँराजा जो भएपनी कानुनी दायरामा ल्याई कावाही गर्ने प्रदेश सभा संसद कुल प्रसाद साम्बा लिम्बु (कुशल)ले बताउनु भएको छ । हिजाे (शुक्राबार) कालिका समुदायिक मा.वि. मिक्लाजुङ–३ धोबेनी को ३९ औं बार्षिक उत्सब तथा अभिभावक दीवशका प्रमुख अतिथी रहेका लिम्बुलो सो कुरा बताएका हुन ।
३३ केजी सुन प्रकरण कुरालाई लाई इङ्गीत गर्दै लिम्बुले सो कुरा बताउनु भएको । साथै शिक्षा अपरिहार्य र अत्यावश्यक कुरा भएकाले शिक्षा क्षेत्र आफ्नो आफ्नो प्राथमिकताको बिषय रहेको बताउनु भयो । सथै सोही विद्यालयका पुर्व विद्यार्थी समेत रहेका लिम्बुले विद्यालयको अक्ष्ययकोष निमाणका लागी एक लाख दिने घोषण गर्नु भएको छ ।
कालिका सामुदायिक विद्यालयमा प्रविधिक शिक्षा संचालन आफ्नो उच्च प्राथमिकता रहेकाले सो कार्यमा आफु लागि पर्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा बेल्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले शिक्षक हरुलाई इङ्गीत गर्दै शिक्षण पेशालाई हाजिरा पाकाउने माध्यम मात्र नबनाई इमान्दार भएर सेवमा लागि पर्न र शैक्षिक गुणस्तर नमुना विद्यालय बनाउने गरी काम गर्नु पर्ने बताउनुु भयो ।
साथै क्रार्यक्रममा नेकपा मिक्लाजुङका नरेन्द्र प्रसाद ढुङ्गेल, दिनेश पौडेल, नेपाली कांग्रेस मिक्लाजुङ संयोजक सेमन्तराज दाहाल, लगायत एक दर्जन बढी संघस.संस्था प्रतिनिधीहरुले मन्तव्य राख्नु भएको थियो । बिभिद सांस्कृतीतक नृत्य तथा गायन कार्यक्रमहरु राखीएको थियो । कालिका मा.वि. मिक्लाजुङ गाउँपालीकाकै सबै भन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालय हो ।
हाल सो विद्यालयमा ११८५ रहेको विद्यालयका प्र.अ. मात्रीका प्रसाद न्यौपानेले जाकारी दिनु भयो । कार्यक्रम बि.व्य.स. अध्यक्ष चन्द्रकुमार लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो । सोही अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बिराटनगर र कालीका माा.वि. जुनियर रेडक्रसको संयुक्त आयोजना भएको रक्त दान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रमलाई गोदावरी अस्पताल उर्लाबारी र दमक रक्त संचार सेवा दमक झापाको प्रायोजनमा रक्तदान क्रार्यक्रमको बताईएको छ ।
यसैगरी मिक्लाजुङ ८ मा रहेको देवकोटा माविले पनी बुधबार एक कार्यक्रमको आयोजना गरी विद्याथी तथा अभिभावकलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बाल कक्षा देखी कक्षा १० सम्मका प्रथम, दितिय र तृतिय हुने ३३ जना, नियमीत तथा अनुसासित राम्रो अक्षर लेखन र उत्तकृष्ठ प्रतिभा भएका विद्यार्थीलाई पुरस्कार बितरण गरीएको थियो । सोही कार्यक्रममा इलाम चुलचुली ६ निवासी चन्द्र प्रसाद कोइरालाले कक्षा ४ मा अध्ययनरत निर्मला पोख्रेल लाई कक्षा १० सममको अधययनका लागी अभिभावकत्व ग्रहण गर्दै अध्यायन गराउनु हुने भएको छ ।