नवलपरासी, (रासस) । स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भई यस क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सुराकीका आधारमा विकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
फरार अभियुक्त पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































