अन्तर्राष्ट्रिय समाचार स्राेतका अुसार यसरी बर्खास्त हुनेमा साढे बाह्र हजार सेना र प्रहरी सहित सरकारी गैरसैनिक कर्मचारी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ ।
आतङ्ककारी समूह या संगठनहरुसँग सम्बन्ध रहेको भन्दै सरकारकाे आकस्मिक रुपमा अाएकाे साे निर्देशिका नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ । बर्खास्त प्रहरीमा अधिकृति स्तरका कर्मचारी धेरै रहेका छन् । बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिकहरू जसमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक , १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत र विद्यालयका २०० जना प्राध्यापक र शिक्षक सो सरकारी निर्देशिका अनुसार बर्खास्त हुनेमा परेका बताइएको छ । सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दाेगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो । त्यसपछि भने राष्ट्रपति एर्दाेगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरु विविध खालको कारबाही गर्नुभएको थियो । त्यस समयदेखि आजसम्म अर्थात २ वर्षसम्म यहाँ सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ । अहिले पनि यहाँ सङ्कटकालीन अवस्था नै छ । राष्ट्रपति एर्दाेगानले आफ्ना विरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरुलाई सक्ने अभियान नै चलाएको भन्दै उहाँको कदमको व्यापक मात्रामा विरोध भएको छ ।साढे बाह्र हजार सेना र प्रहरी सहित टर्की सरकारले गर्याे १८ हजार ६३२ कर्मचारी बर्खास्त
अङ्कारा । टर्कीको सरकारले अाज एक निर्देशिका जारी गर्दै करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































