विमानमा मृत शिशु भेटिएपछि युवती पक्राउ
दिल्ली । गुवाहटीबाट नयाँ दिल्ली उडेको विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई पक्राउ गरिएको छ।
आन्तरिक उडान गर्दै गरेकाे एअर एशियाकाे एउटा विमानकाे शौचालयमा साढे सात महिनाको भ्रूण जन्माएर भुइँमा त्यत्तिकै छोडिदिएकाे अवश्थामा अवतरण गर्ने समय हुनलाग्दा कर्मचारीहरूले मृत शिशु फेला पारेका थिए । कर्मचारीहरूले महिला यात्रुहरूलाई साेधपुछ गर्न थालेपछि ती युवतीले आफूले बच्चा जन्माएको स्वीकारेकी थिइन्। शिशुको मृत्युको कारण भने अझै खुलेकाे छैन। प्रहरीका अनुसार ति युवतीले आफू गर्भवती भएको थाहै नभएको बताएकिछिन्।
ति युवती तेक्वान्दो खेलाडी रहेकी र उनि नयाँ दिल्ली हुदै दक्षिण कोरिया हिँडेकी बताइएकाे छ । घटना पछि उनलार्इ अर्को विमान चढ्न दिइएकाे छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































