श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र ८ गते शुक्रबार, २४ अगस्त २०१८ । श्रावण शुक्लपक्षको त्रयोदशी तिथि १२ः३६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तराषाढा ७ः४४ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । सामाजका प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएको साथीभाइस“ग रमाइलो भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा व्यवसायसम्बन्धी रुची बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरु सूचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय समान्यखालको छ । पारिवारिक स्वास्थ्य उपचारमा ठूलो धनराशि खर्च होला । अनावश्यक झमेलामा परिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धातु तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नया“ कार्यव्यवसायको शुभारम्भ होला । महिला मित्रको सहयोग मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । कार्यसम्पादन क्षेत्रमा तपाईको विशेष स्थान रहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ससय राम्रो छ । दाम्पत्य जीवन सुखमय वातावरणमा दिन बित्ला । नोकरीमा पदोन्नति तथा स्थानान्तरण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला । रमाइलोस“ग दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । नपत्याएका व्यक्तिहरुबाट सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।