श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र ११ गते सोमबार, २७ अगस्त २०१८ । भाद्र कृष्णपक्षको प्रतिपदा तिथि १७ः५० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र शतभिषा १५ः०० बजेसम्म उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४० र सूर्यास्त ६ः३१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) प्रतिष्ठा वृद्धि हुने कार्यमा संलग्न रहनु हुनेछ । राज्यपक्षबाट मान–सम्मान मिल्नेछ । आयस्रोत वृद्धि हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भै झगडा हुन सक्छ । अनावश्यक वादविवाद नगर्नुहोला । सहयोगीले साथ छाड्नेछन् । थालेको काममा अवरोध आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तको सहयोगले महत्वपूर्ण योजनामा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् । आयस्रोत वृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दा–मामिलामा पराजय भोग्नु पर्नेछ । परिवारमा कलह बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्ला । व्यवसायमा नाफा हुनेछैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तान वा अनुयायी मजदुर वर्गबाट ठूलो सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा सोचेको नाफा मिल्ने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मावलीबाट राम्रो सहयोग मिल्नेछ । गरगहना, वस्त्र उपहार मिल्नेछ । व्यवसायमा नाफा हुनेछ । धेरैको समर्थन मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रु परास्त हुनेछन् । आयआर्जनमा सुधार हुनेछ । गरगहना उपहार प्राप्त हुनेछन् । धेरैको समर्थन र सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको प्रभाव बढ्नेछ । सानो प्रयासले ठूलो काम बन्नेछ । खानपान समारोहमा सहभागी बन्नु हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धन, मान र सम्मान मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । समाजमा मान–सम्मान मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) यात्रा झन्झटिलो रहनेछ । शरीर अस्वस्थ हुनेछ । आर्थिक स्थिति खराब हुनेछ । आफन्तबाट असहयोग होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धनआर्जनको योग छ । व्यवसायमा नाफा हुनेछ । अधुरा काम पूरा हुनेछन् । उपहार, पदक प्राप्तिको याग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ स्थानमा नयाँ काम शुरु गर्नु हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । आफन्तबाट ठूलो सहयोग मिल्नेछ ।