देउराली । भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज, आजको दिनमा मनाइने यस तीज पर्व विषेश गरि महिलाहरुले मनाउने गर्दछन् । अविवाहित यूवतीहरु भविष्यमा गुणकारी पति पाउने विश्वासकासाथ आजको दिन व्रत लिने गर्दछन् भने विवाहित महिलाहरु आफ्नो पतिको सु–स्वास्य र दिर्घायूकालागि यो व्रत लिनेगरेको मानिन्छ ।
आज महिलाहरु पानी पनि नपिर्इ निरहार व्रर्त लिने गर्दछन् । यसका अलावा महिलाहरु भगवान शिव तथा हिमालय पुत्री पावर्तीको प्रतिमा बनाएर त्यसको पूजा आराधना गर्ने अथवा नजीकैको शिवालयमा जाने गर्दछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने याे पर्व विषेशतय शिव पार्वती तथा गणेशकाे पूजा आराधना हुने गदर्छ ।
हरितालीका तीज विषेश गरि शिव र पार्वतीको पुर्नमिलन भएको उपलक्ष्यमा मनाइएको भन्ने मान्यता रहिआएको छ । जसमा पार्वतीले भगवान शिवलाई आफ्नो पतिको रुपमा पाउनकालागि १०७ जन्म लिनुपरेको थियो अन्तत पार्वतीको कठोर तपस्याका कारण १०८ जन्ममा पार्वतीले शिवलाई आफ्ना पतिका रुपमा पाएको अथवा १०८ जन्ममा शिवले पार्वतीलार्इ आफ्नो अर्धाङ्गीनीका रुपमा स्विकार गरेको अवसको रुपमा पनि लिइन्छ ।