वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नं. १ र २ ले  अनलाइनका माध्यमबाट घटना दर्ता शुरु भएको छ ।  वडाले सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमार्फत शुरु गरेको हो । मंगलबार वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता गरेको प्रमाणपत्र सेवाग्राहीलाई प्रदान गरेर अनलाइन प्रणालीको औपचारिक उद्घाटन गरे । नगरप्रमुख खनालले पुरानो दर्ता प्रणालीलाई विस्थापित गर्दै नयाँ डिजिटल प्रणाली समयको माग भएको र सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न प्रभावकारी हुने बताए । उनले आगामी दिनमा नगरका सबै वडालाई अनलाइन प्रणालीमा लाने बताए । घटना दर्ता प्रक्रिया हाल सफ्टवेयरको माध्यमबाट भइरहेकाले आगामी दिनमा आफ्नो व्यक्तिगत विवरण सेवाग्राहीले अनलाइनमार्फत हेर्ने गरी योजना अघि सारिएको नगरपालिकाका सूचना अधिकृत इञ्जिनियर पुकार पोख्रेलले जानकारी दिए । नगरपालिकाको वडा नं. १० र ११ ले  यो प्रणालीबाट दर्ता प्रक्रिया शुरु गरेका छन् । यो पनि हेर्नुहोस्–

वराहक्षेत्रमा अनलाइनका माध्यमबाट घटना दर्ता