पथरी । गत साउन ३ गते राती बलात्कारको शिकार बनेकी मोरङ कानेपोखरी गाउँपालिका –२, की ९ बर्षिय बालिकालाई गाउँमा असुरक्षित भएपछि ओरेक नेपाल बिराटनगर लगिएको छ । बलाकृत भएपछि गाउँ घरमा अश्लिल शब्दको प्रयोग गर्दै केहिले जिस्क्याउने गरेकोले ओरेक नेपालमा लगिएको स्थानीय उमा दाहालले बताइन् । दिनप्रतिदिन परिवारलाई पीडक पक्षले मिल्न दवाव दिने र घरगाउँमा बलाकृत बालिकाको असुरक्षित भएपछि गाउँपालिकाको उपाध्यक्ष राजकुमारी इङ्नामको सहयोगमा केही समयको लागी ओरेक नेपाल लगेर राखिएको दाहालले बताइन । घटनामा प्रहरीको अनुसन्धान सुस्त गतिमा भएकोले गाउँ र परिवारमा पीडित परिवारको समस्या बढ्दै गए पछि पीडित परिवारले आफ्ना ९ बर्षिय छोरीको जीवन रक्षाको लागी १ किलोमिटर टाढा रत्न काफ्लेको घरमा राख्दै आएका थिए । त्यहाँ पनि समस्या भएपछि तीन हप्ता अघि ओरेक नेपालमा जीवन रक्षाको लागी लगेर राखिएको छ । घटनामा सम्लग्न कानेपोखरी गाउँपालिका वडा नं. ३, का ३२ बर्षिय राजेश भनिने रेनिश लिम्बू घटना भएको रात नै फरार भएका थिए । घटना भएर फरार भएको तीन महिना बितिसक्दा पनि लाई इलाका प्रहरी कार्यालय पथरीले अझैँ पक्राउ गर्न सकेको छैँन । वडा नम्बर –२, वडाध्यक्ष सुशिल बुढाथोकीले यस बिषयमा प्रहरी सुस्त छ । प्रहरीले अनुसन्धान गरेकै छैन, स्थानीयले दिएको सुचनामा मात्र भर परेको छ । प्रहरी आफु सक्रिय भएर लाग्यो भने अपराधि पत्ता लाग्ने बताए । यस बिषयमा सक्रिय भएर अनुसन्धानमा लागेको र फरार अभियुक्त चाँडै पक्राउ पर्ने इलाका प्रहरी कार्यालयका इस्पेक्टर कमल बंजगाईले बताए । उता घटना घटिसकेको यो घटनालाई हल्ला नगरी मिल्न पीडक परिवारले दवाव दिदै आएका थिए । बालिकाको विहे खर्च १ लाख ५० हजार रकम दिने लगाएतको कुरा ल्याएर दवाव दिने गरेको पीडित परिवारले जनाएको थियो । साउन ३ गते राती ८ बजे सानीआमाको घरमा गएको बेला लिम्बूले सानीआमाको घरछेउबाटै पक्रेर घिसारर्दै अँधेरो, घाँरी तर्फ लगेका थिए । खोज्दैजादा नभेटे पछि छोरीलाई कुनै केटाले तानेर लगेको कुरा लगभग ७ सय मिटर टाढा घर रहेका आफ्नी दिदिलाई सुनाए पछि उनिहरुले रातभरी बाँस घारी, झोक्सी तिर खोज्दा पनि भेटेनन् । भोलि पल्ट बिहान नै छिमेकी दिला राईको घरमा खोज्दै जादा भुईघरको बरन्डको खुल्ला कोठामा एकलै सुतिरहेको अबस्थामा भेटेका थिए । पीडित बालिकाले दिएको बयान अनुसार राती घाँरीमा पक्रेर राखेको थियो । लाइट बालेर आमाबुबा खोज्न आउँदा मैले देखेको तर मेरो मुखमा रुमाल खाँदेको थियो । उनले भने–‘कराईस भने, कसैलाई भनिस भने तलाई यसै रुमालले घाँटीमा बाँधेर मारी दिन्छु भन्यो र मलाई लगभग बिहान २ बजे छिमेकीको घरमा लगिदिएको थियो ।’