रङ्गेली । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले प्रदेश १ को स्थाइ राजधानि विराटनगर बन्ने दिर्घकालीन सोचेर राखेरै विभिन्न काम भएको बताएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आयोजना गरेको छलफल कार्यक्रममा उनले विभिन्न कार्यालय, विकास आयोजनाको स्थापना त्यसको उपज भएको बताए । उनले उच्च अदालत भएको स्थानमा राजधानि तोक्ने व्यवस्था भएकोले भविष्यको राजधानी हुने स्थानमा उच्च अदालत रहेको जिकिर गरे । उनले पूर्वाञ्चलको राजधानि तोकिएको धनकुटालाई इंकित गर्दै इतिहास पल्टाएर हेर्न आग्रह गरे । उनले देखाउनलाई धनकुटा भए पनि काम भने विराटनगरमा भएका ठूला–ठूला बोर्ड भएका कार्यलयबाटै हुने गरेको बताए । मन्त्री पण्डीतले विराटनगर कम्जोर नभएकोले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको जिकिर गरे । उनले सबै हिसावले विराटनगर परिपुर्ण रहेको दावि गरे । मन्त्री पण्डीतले आफैले पनि घचघच्याउने काम गरिरहेको भन्दै समय आए पछि आफ्नो भुमिका देखाउने जिकिर गरे । प्रदेश सभा ,मन्त्रालय र राधानी अलग अलग राख्ने सम्बन्धमा उनले घरमा जवन छोरी भए विवाहकालागी कुरा चल्नु स्वभाविक भएको जिकिर गरे । ‘कुरै हुनु अपराध होइन ।,’ उनले भने, ‘ हामीले हाम्रो ठाउको लागी बोलेनौ भने मतदाताको मन कसरी थाप्ने ।’ मन्त्री पण्डीतले उद्यागीहरुलाई उत्पान र निर्यातमुखी उद्योग खोल्न आग्रह गरे भने व्यपारीलाई राष्ट्रिय उत्पदनलाई प्राथिमिकता दिए सहयोगकालागी आफू सधै तयार रहेके बताए । उनले करको विषयमा कार्यादल बनाएर अध्ययन भइरहकोले चाडै निष्कर्शमा पुग्ने बताए । उनले दायरा भन्दा बाहिर गएर कर असुल्ने विषयमा कडाइका साथ रोक लागाएकोले त्यस्तो भए जानकारी गर्न उनले आग्रह गरे । उले विराटनगरको एकीकृत भन्सार जाच चौकी ४ देखि ६ महिना भित्रमा संचालनमा आउने जानकारी गराए । विराटनगरमा सडक तथा विभिन्न भौतिक संरचना निर्माणकालागी अध्ययनको कार्य सकिएकोले चाडै ठेक्का लगाए काम थालीने उनले जानकारी गराए । कार्यक्रममा मोरङ व्यपार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा,उद्योग संगठन मोरङका उपाध्यक्ष राकेश सुराना लागायत उद्योगी व्यापारीहरुले विराटनगरलाई स्थाइ राजधानि बनाउन पहल गर्न आग्रह गरेका थिए ।