रङ्गेली । प्रदेश १ को स्थयी राजधानी र नामाकरणको सम्बन्धमा साझा धारणा नबनाइनेपाल कम्युष्टि पाटीको बैठक स्थगित भएको छ ।यो संगै प्रदेश १ को नाम र राजधानीको विषय पुसबाट सुरु हुने हिउदै अधिवेशनमा टुङ्गो लाग्ने भएको छ । असोज १६ गते मन्त्री र केहि सांसदले बोल्न बाकिहुदै स्थगीत भएको नेकपा संसदिय दलको बैठक सोमबार पुनः बसेको थियो ।चाडबाड आएकोले हिउदे अधिवेसनमा राजधानी र नामको टुङगोलागाउने सहमति गर्दै बैठक स्थागित भएको नेकपा संसदिय दलका उपनेता टंक आङबोहाङले बताए ।उनले चाडबाड सुरु भएकाले पछि थप छलफल र सर्व पक्ष सहमतिकै आधारमा टुङग्याइने बताए ।उनले बर्खे अधिवेशन असोज २३ गते मंगलबारबस्ने प्रदेश सभा बैठकले औपचारीक रुपमा सम्पन्न गर्ने बताए । प्रदेश १ मा राजधानी रनामकालागी पछिल्लो केहि दिन यता चर्को आवाज उठदै आएपनि यो विषयमाहिउदे अधिवेसन सम्मकालागी धकेलिएको छ ।प्रदेश १ को प्रदेश सभामा दुइतिहाइ बढी मत भएको नेकपाको बैठक निचोडमा पुग्न नसक्दा नाम र राजधानीको विषय अन्योलमा परेको हो । उपनेता अङबोहाङले प्रक्रियाबाट अगाडी बढन १ हप्ता लाग्ने र चाडबाड लागी सकेकोले अगाडी बढाउनु भन्दा सबैको सहमतिमा स्थगित गरिएको बताए । ‘सबैको सहमतिमा सदन सुचारु भए पछि राधानी र नामाकंकनको विषयमा सहमति खोजेन प्रयास हुने छ ।’,उनले भने ‘यसकालागी समय लाग्ने भएकोले र चाड पर्व आएकोले स्थगित गर्नु परेको हो ।’ मुख्य मन्त्रिले विधि र प्रकृयाबाट असोज २७/२८ मा टुङग्याउन प्रस्तव गरेपनिसमय लाग्ने भए पछि प्रदेश सभाको बर्खे अधिवेस सकेरे हिउदे अधिवेसमानमा टुङग्याउने सहमति भएको उनले जानकारी दिए । सर्वदलीय बैठकमा पनि चाडपर्व आइसकेकोले अधिवेसन सक्ने सहमाति भएको उनले बताए ।