सिरहा । सिरहा जिल्लामा घरेलु तथा साना उधोगले मापदण्ड नपुगेर कार्यालयको फाइलमा प्रमाण पत्र नरहेका क्रसिंग उधोग १, चालु वर्षमा नविकरण नभएको ९ रहेको लाई सम्बन्धीत निकायले रोक लगाउनमा असक्षम भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित गत जेष्ठमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोम प्रसाद भटराईको संयोजकत्वमा घरेलु तथा साना उधोग कार्यालय लहानका निमित प्रमुख लक्ष्मी प्रसाद पौडेल सदस्य रहेको अनुगमन समिति गठनगरी अनुगमन पछि बुझाएको प्रतिवेदन अनुसार नविकरण नभएका उधोग संचालकहरुलाई ३ तिन भित्र सम्पूर्ण कागजातसहित घरेलु कार्यालयमा आउनु भनी हालसम्म कार्यालयको सम्पर्कमा आएर नविकरण समेत नगरिएको घरेलु तथा साना उधोग कार्यालय लहानले जनाएको छ । जिल्लामा १० वटा क्रसिंग उधोगहरुलाई २०७५ वैशाख २८ र जेष्ठ १२ मा निरीक्षण गरिएको प्राप्त विवरणमा हिमाल क्रसिंग उधोग बस्तिपुर ९ ले अन्तिम आ.व. २०७४/०७५ सम्मको नविकरण गराएको देखियो भने आव ०७०/७१ सम्मको मात्र नविकरण भएका कमला माई एग्रोभेट इन्डिष्ट्रिज बडहरामाल ५, नन्दबाबा ढुङ्गा क्रसिंग उधोग बडहरामाल ५ अमर ढुङ्गा क्रसिंग उधोग बस्तिपुर ५ गरी ३ वटा उधोगहरु छन् भने आव ०७१/७२ सम्म नविकरण भएको सनी क्रसर उधोग अयोध्यानगर ८ र आव ०७२/७३ सम्म नविकरण गराएका जयकाली ढुङ्गा क्रसिङ्ग उधोग बस्तिपुर ९, शिवम क्रसर उधोग चन्द्रउदयपुर ८, जानकी क्रसर उधोग बडहरामाल ४ गरी ०७२ पुष सम्म मात्र नविकरण भएका सन्तोष क्रसिंग उधोग आसोपुर बल्कवा ८ रहेको छ । नियम मिचेर संचालनमा रहेका क्रसर उधोगहरुको हकमा गृह मन्त्रालय र उधोग मन्त्रालय संग निर्देशन मांग गरेको र निर्देशन आउने वितिकै कुनै आलटाल नगरी कारवाही थालिने प्रमुख जिल्ला अधिकार रुद्र प्रसाद पण्डितले बताएका छन् । खुल्ला सिमानाका कारण अनुगमन र कारवाही गर्न असुरक्षित रहेको बताउने घरेलु तथा साना उधोग कार्यालयका निमित प्रमुख लक्ष्मी प्रसाद पौडेलले बताइरहदा ति उधोगहरु खुल्ला सिमाना भन्दा ४० सौं किलोमिटर माथि र लोकराजमार्ग भन्दा उत्तर रहेकोले अनुगमन नगर्ने बाहाना मात्र रहेको बुधिजिवीहरुको भनाइरहेको छ । यस्तै जिल्लामा घरेलु तथा साना उधोगको स्वीकृतिमा ३ वटा बालुवा प्रशोधन केन्द्र संचालनमा रहेको छ । स्वेक्षा बालुवा प्रशोधन केन्द्र धनगढीमाई नपा ९, पुकार बालुवा प्रशोधन केन्द्र धनगढी माई नपा ८ र प्रशान्त बालुवा प्रशोधन केन्द्र कर्जन्हा नगरपालिका ९ मा संचालानमा रहेको छ । सर्वोच्च अदालतको २०६७ श्रावण २१ को आदेश तथा बातावरण मन्त्रालयको २०६७ भदौं २३ को निर्णय एवंम २०७० भदौ ७ को मन्त्री परिषदको निर्णय अनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गराउनुपर्ने प्रावधान छ । जसअनुसार क्रसर मेशिनका लागि सेड अनिवार्य हुनुपर्ने, नगरपालिकाको क्षेत्रमा स्थापना गर्न नपाईने र गाउँपालिकाको हकमा उधोग मानववस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने, खोला किनारबाट ५०० मिटर टाढा र राजमार्गबाट पनि ५०० मिटर हुनुपर्नेको साथै धार्मिक, सांस्कृतिक र पुरातत्विक महत्वको स्थानबाट २ किलोमिटर टाढा हुनुपर्ने उल्लेख गरिएको छ । तर, स्वेक्षा बालुवा प्रशोधन केन्द्र राजमार्गसंग टासिएको भूमिमा र मुसहरनिया टोलसँग टासिएकै अवस्थामा स्थापित छ भने प्रशान्त बालुवा प्रशोधन केन्द्र मानव वस्तिको नजदिकमा नै छ । म निमित भएको देखि क्रसर उधोग र बालुवा प्रशोधन केन्द्रको अनुमति दिइएको छैन भनी घरेलु तथा साना उधोग कार्यालय लहानका निमित प्रमुख लक्ष्मी प्रसाद पौडेलले बताए ।