श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर ८ गते शनिबार, २४ नोभेम्बर २०१८ । मार्गशिर्ष कृष्णपक्षको प्रतिपदा तिथि १०ः३५ बजेसम्म उप्रान्त द्वितीया, नक्षत्र रोहिणी १७ः३८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३३ र सूर्यास्त ५ः७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा रमणिय स्थानको भ्रमण होला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर आलश्य बन्नेछ । गरिराखेका कार्य व्यवसायबाट मन अन्यत्रै जाला । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा विशेष लाभ मिल्ला । नया“ कार्यको शुभारम्भ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभाव बढ्नेछ । प्रियजनसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ । रमाइलो वातावरणमा दिन वित्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । अनावश्यक कामको विवादमा फसिन सक्छ । बोल्दा बडो विचार पु¥याएर बोल्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकस्मिक धनलाभ हुनेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।f]