इटहरी सार्वजनिक बाटोमा मनपरी गरेको भन्दै इटहरी उपमहानगरपालिकाले आफ्नै वडाअध्यक्ष सहित दुई जनालाई पक्राउ पूर्जी जारी गरेको छ । सार्वजनिक कल्र्भटमा क्षति पुर्याएकाे भन्दै इटहरीका मेयर द्धावारिकलाल चौधरीले इटहरी १५ का वडाध्यक्ष सर्वन चौधरी र स्थानीय अमित चौधरी विरुद्ध पक्राउ पूर्जी जारी गरेका हुन ।
कल्र्भट भाँचेको भन्दै मेयरले उनीहरुलाई पक्राउ पूर्जी जारी गरी इलाका प्रहरी कार्यलयलाई पक्राउ गर्न निर्देशन दिएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहान इटहरी १५ को अनुगमनमा निस्किएका मेयर चौधरीले बाटोमा कल्र्भट भत्किएको देखेपछि आक्रोशित बनेका थिए । उनले तत्कालै प्रहरीलाई खबर गरी वडाध्यक्षलाई प्रहरी कार्यालय झिकाउन निर्देशन दिदै पक्राउ पूर्जी जारी गरेको मेयर चौधरीले जनाए ।
मेयर चौधरीले व्यक्तिगत जमिन भए पनि उपमहानगरलाई जानकारी नदिइ माटो उत्खनन गर्नु गैरकानुनी भएको बताए । उनले भने–‘जनप्रतिनिधि भए भन्दैमा जथाभाबी गर्नेहरु पनि कानुनी कारवाहीबाट उम्कदैनन् ।’
प्रहरी कार्यालय पुगेका वडाध्यक्ष सर्वन चौधरीले भने आफै जनप्रतिनिधि भएर बाटो खन्न पाउनु पर्ने बताएका छन् ।