जनकपुरधाम/ प्रदेश नम्बर २ को राजधानि जनकपुरधाममा विवाह पञ्चमीका दिन छोरा छोरीको विवाह नगर्ने परम्परालाई यसवर्ष पनि कायमै राखिने भएको छ ।
सप्ताहव्यापी रुपमा मनाइने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सेतृको रुपमा रहेको विवाहपञ्चमी महोत्सवका दिन मिथिलाबासीले आफ्ना छोछोरीको विवाह गर्नु हुन्न भन्ने प्रचलन रहेको छ । शुक्रबारदेखि सुरु भएको राम र सीताको विवाह कार्यक्रमअन्तर्गत जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुषा यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह, राम कलेवाजस्ता विधि हुन्छन् ।