धरान / क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली निकालेका छन् । धरान ११ स्वास्तिक चौकमा क्याम्पसका स्वामित्वमा रहेको जग्गामा एक्कासी मोहियानी हक दाबी गर्ने मानिस अाए पछि क्याम्पस जग्गा बचाउ संघर्ष समिति नै गठन गरे आन्दोलना उत्रिएका हुन । उनीहरुले आज धरान उपमहानगरपालिकालर्ई ज्ञानपपत्र समेत बुझाएका छन् ।
उनीहरुले नक्कली मोही चाहिदैन, धरानका जनता एक हौ, जग्गा दलाल होसियार, सार्वजनिक सम्पतिको सुरक्षा गरौ, स्थानीय सरकार होसियारलगायतका नारा लेखिएको व्यानर बोकेका थिए । क्याम्पस प्रांगरण धरान १० बाट निस्केको -याली धरान उपमहानगरपालिकामा पुगेर त्यहा ज्ञापनपत्र बुझाउदै भानुचौकमा आएर कोणसभा गरेका थिए । तस्विरहरूः डम्वर कार्की