वि.सं. २०७५ साल मंसिर २९ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– अष्टमी, २६:१० बजेउप्रान्त नवमी। नक्षत्र– पूर्वभाद्रपदा, २२:१८ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सिद्धि, २३:४९ बजेउप्रान्त व्यतीपात। करण– भद्रा, १३:२४ बजेदेखि वव, २६:१० बजेउप्रान्त वालव। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– कुम्भ, १५:४८ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी ५२ पला। पञ्चक। अष्टमी व्रत। गोरखकाली पूजा। बखुमद। मार्ग मसान्त।
 

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । मनमा उत्साह र हिम्मत बढ्नेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मन दोधार होला ।शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । तपाईको पछाडी कुरा काट्नेहरु आफैं पाखा लाग्ने छन् ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । मन प्रफुल्ल रहला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः समय उत्तम खालको छ । तपाईले गरेका कामको चौतर्फि प्रशंसा होला । माया प्रेमको क्षेत्रमा पूर्ण सफलता मिल्नेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः समय राम्रो छ । साथीभाईको ठूलो जमघट र खानपानमा सहभागी भइएला । प्रिय व्यक्तिलाई अतिथिको रुपमा स्वागत सत्कार गर्न पाइएला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः आर्थिक कारोबारमा पूर्ण सफलता मिल्ला । शैक्षिक क्षेत्रमा मध्यम रहला । सांस्कृतिक तथा सांगितिक कार्यक्रममा सहभागी भइएला ।