श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष १८ गते बुधबार, २ जनवरी २०१९ । पौष कृष्णपक्षको द्वादशी तिथि २७ः३९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा १२ः५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः१९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । दुर्घटनाको भय हुन सक्छ । हतियार तथा सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा सफलता मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ । महिलामित्रको साथ र समर्थन प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुदा तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्नता हुने अवसर मिल्ला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । काम गर्ने अवसर मिल्ला । धार्मिक क्षेत्रको भ्रमण होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कतैबाट आकस्मिक उपहार प्राप्त होला । मुद्दा मामिलामा तपाइको विजय हुनेछ । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । अधिकार प्राप्तीका लागि निकै संघर्ष गर्नुपर्ला । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । कार्य क्षेत्रमा प्रमुख जमाउन सकिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।