श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २० गते शुक्रबार, ४ जनवरी २०१९ । पौष कृष्णपक्षको चतुर्दशी तिथि २८ः५२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र ज्येष्ठा १३ः४६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । भूमि तथा वाहन खरिद हुनेछ । रोकिएका कामकाजहरु सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । काम बन्नाले मन प्रसन्न रहला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । सामाजिक कार्य क्ष्ँेत्र र नोकरीमा पदोन्नती होला । साथीभाइको माया ममता र हौसला प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखलको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आरम्भ गरेको कार्य व्यवसायमा सफलता मिल्ला । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ व्यक्तिहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ । भूमि तथा वाहन प्राप्त गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयदेखि रोकिएका कामकाजहरु सुचारु हुनेछन् । कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्नसक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको विशेष्ँ सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।