श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २४ गते मङ्गलबार, ८ जनवरी २०१९ । पौष शुक्लपक्षको द्वितीया तिथि १०ः१ बजेसम्म उप्रान्त तृतीया, नक्षत्र श्रवण २२ः१६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । भ्रमण गर्ने अवसर प्राप्त होला । रमाइलो वातावरणमा दिन वित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर अस्वस्थ्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा ठूलै धनराशि खर्च होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइको विशेष सहयोग मिल्ला । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । अनावश्यक काममा ठूलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । मातृपक्षको सहयोग प्राप्त भइएला । छोटो दुरीको लाभदायी यात्रा होला ।