श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २६ गते बिहीबार, १० जनवरी २०१९ । पौष शुक्लपक्षको चतुर्थी तिथि १४ः२१ बजेसम्म उप्रान्त पञ्चमी, नक्षत्र शतभिषा २७ः२३ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
बान्धु वान्धव तथा साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ । नँया तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण खालको छ । विभिन्न स्थानको भूमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । जागीरमा पदोन्नती होला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । सरकारी निकायमा भय रहला । अनावश्यक कामको झन्झटमा फसिन सक्छ संयमित रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सिद्धिको योग छ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सफल भइएला । रमणिय स्थानको भूमण होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइहरुबाट विशेष सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधन तथा हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य क्षेत्रमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।