वराहक्षेत्र/ संविधानमा भएको महिला व्यवस्थाहरु र नँया मुलुकी ऐन सम्बन्धी स्थानिय महिलालाई जानकारी गराउँन वराहक्षेत्रमा ३ दिने अधिमुखिकरण तालिम सम्पन्न भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर १ को सहयोगमा वडा नम्बर १ को महिला शिप विकास संस्थाले माघ १३ गते देखि १५ गते सम्म तालिमको आयोजना गरेको हो । तालिममा सुनसरी जिल्ला पारालिगल कमिटि सद्यस्य पेशल खतिवडाले ४० जना सहभागी महिलाहरु लाई नेपालको संविधान २०७२मा भएका महिला सम्बनधी व्यवस्थाहरु,यौन दुव्र्यवहार,घरेलु हिंसा तथा कसुर सजाय ऐन २०६६,यसैगरी भदौ देखि परिवर्तन भएका नयाू कानुनी व्यवस्था बारेमा सहजीकरण गरिएको वराहक्षेत्र महिला शिप विकास संस्थाकी अध्यक्ष सोनी विकले बताईन् ।

अधिमुखिकरण तालिममा सहभागी कमला भट्टराई कार्की ढोली र सुनिता श्रेष्ठले तालिमबाट आफुहरुले नँया ऐन कानुन सम्बन्धी धेरै कुरा थाहा पाएको र महिलाको हक अधिकार बोल्न हौसला मिलेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नम्बर १ अध्यक्ष सुरेश श्रेष्ठले वडाको महिलाको कानुनी ,समाजिक तथा आर्थिक सशक्तिकरणको लागि स्थानिय महिलालाई सम्पूर्ण सहयोग गर्ने बताए ।

यसका लागि उनीहरु लाई प्रपोजलहरु ल्याउून समेत उनले आग्रह गरे । प्रमुख अतिथि सुरेश श्रेष्ठ,सदस्य सुशिला शेर्पा र सिप विकास की अध्यक्ष सोनी विकले सहभागिहरुलाई तालिमको प्रमाणपत्र वितरण गरेका थिए ।

सोनी विकको अध्यक्षतामा चतरा स्थित औलिया अतिथि सदनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन पवित्रा राईले गरेकी थिईन् ।