रङ्गेली/ व्यवसायमा सुरक्षाको माग गर्दै मोरङका टिपर व्यवसायीहरुले टिफर सहित सुन्दर हरैचा देखि विराटनगर सम्म र्याली सम्पन्न भएको छ । माघ १४ गते सुन्दर हरैंचा-११ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु पछि स्थानीयले ७ वटा टिपरमा आगो लगाएर नष्ट गरेर पछि उनीहरु चरण बद्धरुपमा सुरक्षा र क्षति पुर्तिको माग गर्दै चरण बद्ध आन्दोलन गर्दै आएका छन् ।
दुर्घटना पछि स्थानियले टिपरमा आगो लागदा घटना स्थलमा मौजुद सुरक्षा कर्मी रोक्ने प्रयास नगरेको उनीहरुले आरोप लागाएका छन् । टिपरमा लगाइएको आगो निभाउन समेत सुरक्षाकर्मीले सहयोग नगरेको पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले बताए ।
उनले टिपर जलाउनेलाई कानुन बमोजिम कारबाही हुनु पर्ने र क्षति पुर्ति पाउनु पर्ने माग गरे । त्यसैगरी दुइघण्टा टिपर सञ्चालनमा बन्द गरेको नियम पनि हटाउनु पर्ने माग रहेको बताए । अध्यक्ष कार्कीले जिल्ला प्रसासन र आन्तरीक मामिला तथा कानुन मन्त्रालय माग प्रति सकारात्मक भएको बताए ।
व्यवसायीको र्याली कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्र सुरक्षा कर्मीले रोकेका थिए । टिपरको र्याली रोके पछि सो क्षेत्र केहि समय तनवा ग्रस्त बनेको थियो ।
मध्यान्न बाह्र बजे देखि ३ बजे सम्म सवारी आवागम समेत अवरोध भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रसासनसँग वार्ता गर्ने सहमति पश्चात टिपर फर्केका थिए । र्यालीमा करिब ३ सयको हाराहारीमा टिपर थिए ।
पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर र्यालीको आयोजना गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा समिति बनाएर समस्याको समधान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।
टिपर व्यवसायीले बुझाएको ज्ञापन पत्रमा भएका कुन-कुन माग सम्बोधन गर्न सकिने विषयमा समितिले अध्ययन गर्ने उनले जानकारी दिए । उनले जिल्ला स्तरमा पनि सबै पक्ष सँगको संमन्वयमा हुने र सकिने सबै प्रयास भइरहेको उनले बताए । उनले टिपर व्यवसायी पनि संयमित हुनु पर्ने बताए ।
गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिब १० घण्टा निशेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए ।