जिरोपोइन्ट/किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारको क्रममा मंगलबार धरानमा बास्केटबल खेल खेलाइएको छ ।
मैत्रीपूर्ण बास्केटबलमा सुनसरी महिला बास्केटबल टिमले आयोजक किरात राई यायोक्खालाई ३१–२९ स्कोरले हराउँदै विजयी बनेको छ । प्रथम बनेको टिमले नगद ३ हजार रुपैयाँ प्राप्त गरेको छ । पहिलो खेलमा धरान महिला बास्केटबल टिमलाई ४४—१४ को अन्तरले हराउँदै सुनसरी महिला बास्केटबल टिम फाइनलमा पुगेको थियो भने आयोजक किरात राई यायोक्खा बाइ पाएर सिधै फाइनलमा भिडन्त गरेको थियो । दोस्रो बनेको टिमले नगद १५ सय रुपैयाँ प्राप्त गरेको छ ।
व्यक्तिगत १८ अङ्क जोडेकी सुनसरीकी शितल तामाङ उदयिमान खेलाडी बन्दै नगद ५ सय रुपैयाँ प्राप्न गरिन् । व्यक्तिगत पुरस्कार स्वरूप किरात प्लेयर अफ दी म्याच सुनसरीकी कृति राई घोषित हुँदै नगद ५ रुपैयाँ प्राप्त गरिन् । यसैगरी बेस्ट प्लेयरको उपाधि सुनसरीकै आस्था राई घोषित हुँदै नगद ५ सय रुपैयाँ पाइन् । विजेताहरूलाई धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, भाषाविद् प्राध्यापक डा. टङ्क न्यौपानेलगायतले पुरस्कार वितरण गरे ।
प्रचारप्रसारकै क्रममा बुधबार बृहत मोटरसाइकल ¥याली गरिँदै छ । ¥याली प्रदेश १ को विभिन्न भागमा पुगेर इटहरीमा भेला भई विराटनगरस्थित मुख्यमन्त्रीको कार्यलयमा पुगेर आफ्नो मागसहितको स्मरण–पत्र बुझाउने कार्यक्रम रहेको किराया सुनसरीका अध्यक्ष बलराम राईले बताए । यायोक्खाले २०७४ चैत्रमा २५ लाख हस्ताक्षरसहितको ज्ञापनपत्र प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई बुझाएको थियो । सोही ज्ञापन पत्रलाई पुनर्ताजगी गर्न स्मरण पत्र बुझाउन लागेको हो ।