देउराली । साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार विराटनगरकाे शहीद रंगशालामा भएकाे समूह बी अन्तरतग रहेकाे भारत र माल्दिभ्स बिचकाे खेलमा भारतले माल्दिभ्स विरुद्ध ५ गाेलकाे अग्रता लिएकाे छ ।
दिउँसो ३ बजेदेखि सुरू भएको खेलमा भारतले पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ । खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइ पहिलाे गाेल गर्दै भारतलार्इ १–० काे अग्रता दिलाएकी थिइन् । पुन ः भारतकालागि स्वीटी देवीले गाेल गरेकी थिइन् ।२३औं मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनाएकाे थियाे । पहिलो हाफको अन्तिम समयमा रतन बालादेवीले फ्रीकिकमार्फत गोल गरी माल्दिभ्स विरुद्ध भारतलार्इ ५–० काे अग्रता दिलाइन् ।
यसअघि २०१४ को महिला च्याम्पियनसिपको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले माल्दिभ्सलार्इ ८–० ले हराएकाे थियो । जारी खेलमा साविक विजेता भारतविरुद्ध पहिलो हाफमा माल्दिभ्स निकै प्रभावहीन देखिएको छ ।यी दुई टिम बिच साफमा भएकाे याे खेल दोस्रो हाे ।