देउराली । साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार विराटनगरकाे शहीद रंगशालामा भएकाे समूह बी अन्तरतग रहेकाे भारत र माल्दिभ्स बिचकाे खेलमा भारतले माल्दिभ्सलार्इ ६-० को ले हराएकाे छ ।
दिउँसो ३ बजेदेखि सुरू भएको खेलमा भारतले भारतले सुरुमै आक्रमक प्रदर्शन गरेकाे थियाे । खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइ पहिलाे गाेल गर्दै भारतलार्इ १–० काे अग्रता दिलाएकी थिइन् । पुन ः भारतकालागि स्वीटी देवीले गाेल गरेकी थिइन् ।२३औं मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनाएकाे थियाे । पहिलो हाफको अन्तिम समयमा रतन बालादेवीले फ्रीकिकमार्फत गोल गरी माल्दिभ्स विरुद्ध भारतलार्इ ५–० काे अग्रता दिलाएकी थिइन्।
२७ औं मिनेटमा टिमका लागि चाैथाे गाेल गरेकी सञ्जुले खेलकाे ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौँ गोल गर्दै भारतलार्इ ६-० को फराकिलो जित दिलाएकी हुन् ।
यसअघि २०१४ को महिला च्याम्पियनसिपको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले माल्दिभ्सलार्इ ८–० ले हराएकाे थियो । जारी खेलमा साविक विजेता भारतविरुद्ध पहिलो हाफमा माल्दिभ्स निकै प्रभावहीन देखिएको छ ।यी दुई टिम बिच साफमा भएकाे याे खेल दोस्रो हाे ।