विराटनगर/ दुवै खेलमा कमजोर प्रदर्शन गरेको भुटानी महिला राष्ट्रिय टोली बिहीबारको स्पर्धाबाट घर फिर्न : बाध्य बनेको छ ।
बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित बन्दै भुटानी टोली घर फिर्न बाध्य बनेको हो ।
बङ्गलादेश अन्तिम चारमा पुग्दा नेपाल पनि अन्तिम चारमा स्थान बनाएको छ । शुरूवाती मिनेटदेखि नै आक्रमक रूपमा मैदान उत्रिएको बङ्गलादेशी टोलीले पहिलो हाफमा कुनै जादूमयी खेल प्रस्तुत गर्न सकेन । बङ्गलादेशको आक्रमणलाई भुटानी रक्षापंक्तिका खेलाडी तथा गोलरक्षकले विफल बनाएका थिए । पहिलो हाफमा गोलको अवसर सिर्जना गर्न नसकेको भुटानले दोस्रो आफमा पनि उत्कृष्ट पुनरागमन गर्न सकेन, उल्टो बङ्गलादेशी टोली हाबी बन्यो ।
खेलको ४७ औं मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले हेडमार्फत् पहिलो गोल गर्दैै अग्रता कायम गरिन् । मोनिका चक्माले बाँया भागबाट प्रहार गरेको कर्नरलाई उनले सदुपयोग गरेकी हुन् । यही गोलबाट बङ्गादेशी टोलीका लागि सेमिफाइनल यात्राका लागि नयाँ मार्ग खुल्यो ।
खेलको ८५ औं मिनेटमा कप्तान साविनाले खातुनले वान भर्सेस वानपछिको प्रहारले जाली चुम्यो । खेलमा बङ्गलादेशकी जहान सिरात सोप्नाले दोस्रो हाफको १२ औं मिनेटमा मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी एरियामा वान भर्सेस वानमा पाएको अवसर खेर फालिन् । उनले बंगालदेशकी कप्तान सविना खातुनले खेलको २३ औं मिनेटमा प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् । ३४ औं मिनेटमा करिब ३० यार्डबाट बङ्गलादेशको कप्तान सविनाले गरेको प्रहार पोस्टमाथिबाट हारियो ।
दोस्रो हाफको खेल शुरु भएको तीन मिनेट बित्न नपाउँदै बङ्गलादेशले आग्रता लियो । खेलको ७४ औं मिनेटमा भुटानका तेरिङ याङ्देनले डिबक्स भित्रबाट गरेको एक्रोब्याटिक प्रहार पोस्टमाथिबाट बाहिरियो ।
बङ्गलादेशले समूह ‘ए’ अन्तर्गत शनिबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ । यसै खेलबाट नेपाल र बङ्गलादेश समूह विजेता, उपविजेता टुङ्गो लाग्ने छ । प्रतियोगिताको शुक्रबारको खेल समूह बी अन्तर्गत माल्दीप्स र श्रीलङ्काबीच हुँदै छ । भुटानको मुख्य प्रशिक्षक सुङ जेइए लीले नेपालसँगको तुलानमा बङ्गालदेशसँग राम्रो प्रदर्शन गरे पनि अभागी साबित बनेको बताए । यता बङ्गलादेशका मुख्य प्रशिक्षक गोलम रोबनी छोतमले खेलाडीहरूले राम्रो खेलेका कारणले जीत हात पारेको बताए ।
साफबाट बाहिरिने भुटान पहिलो टिम
भुटान पाँचौ साफ महिला च्याम्पिसनसिपबाट बाहिरिने पहिलो टिम बनेको छ । पहिलो खेलमा आयोजक नेपालसँग ३–० गोलअन्तरले पराजित भएको थियो । भुटानलाई सेमिफाइनल सम्भावना जीवितै राख्न बङ्गलादेशलाई पराजित गर्नुपर्ने थियो । तर दोस्रो हाफमा भने दुई गोल खाँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
भुटान साफ च्याम्पियनसिपमा भाग लिएकोमध्येकै कमजोर टिम सावित भएको छ । भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन । यो संस्करणमा पनि जीतविहीन रहदै भुटान घर फिर्कन बाध्य बन्यो । नेपाल एक खेल अगावै सेमिफाइलनमा पुग्ने पहिलो टिम बनेको छ ।