श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ११ गते सोमबार, २६ फेब्रुअरी २०१९ । चैत्र कृष्णपक्षको पंचमी तिथि २४ः३१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र विशाखा ११ः१९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५ र सूर्यास्त ६ः१७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । पारिवारिक स्वास्थ्यको उपचारमा धनराशि खर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधययन अध्यापनमा रुची बढ्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मित्र मिलनको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । दवाव र तनाव बढेको अनुभव हुनेछ । दैनिक कार्य व्यवसायमा घाटा सहनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्म तथा समाज सेवामा मन जानेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । नोकरी र सामाजिक कार्यक्रममा सक्रिय भइरहला । राजनैतिक क्षेत्रमा सक्रिय भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रम होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । लाभदायी यात्रामा शरिक भइएला ।