धनकुटा / धनकुटाको हिले देखी लेगुवासम्मको मध्य पहाडी लोकमार्ग निर्माणको क्रममा निर्माण कम्पनीको लापार्वाहीले गर्दा सडक अव्यवस्थित हुँदा वर्षौ देखी यातायातका सवारी साधनहरु अवरुद्ध हुँदै आएको छ ।
वर्षात शुरु भएसंगै सडक खन्दा निस्किएका माटो समेत व्यवस्थान नगरिदा यातायात साधन सहित पैदल यात्रु समेत मारमा परेका छन् । हिलेदेखि पाख्रिबास, लेगुवा हु‘दै भोजपुर तथा संखुवासभा तर्फ चल्ने अधिकांश सवारी साधन प्रभावित बन्ने गरेका छन् । हिलेदेखि पाख्रिबाससम्मको करिब ७ किलोमीटर सडक वर्षात्का कारण हिलाम्य हुने र सवारी साधन भासिने गर्दा दैनिक दर्जनौ सवारी साधन घण्टौंसम्म रोकिने गरेको स्थानीयहरुले बताएका छन् ।
सडकमा पक्कि पुल निर्माण गरिएको केहि स्थानमा अत्यधिक समस्या रहेको चालक भक्त राईले बताए । हिलेबाट संखुवासभाको खॉदबारीसम्म यात्रु लिएर जॉदा सडक निर्माण भइरहेको स्थानमा वैकल्पिक मार्ग समेत व्यवस्थित नगरिंदा दैनिक घण्टौंसम्म यातायात साधन जाम हुने गरेको उनले जानकारी दिए । सडक निर्माणका क्रममा थुपारिएको माटो वर्षात्ले हिलाम्य बनाउ‘दा पैदल यात्रु समेत हिडडुल गर्न नसक्ने अवस्थामा रहेको स्थानीय ज्ञानवहादुर गुरुङ्गले बताए ।
हिले वजार देखी पाख्रिबास वजारसम्मका विभिन्न स्थानका साना खोला खोल्सीहरुमा ११ वटा पुल निर्माण र सडकको ड्रेनको व्यवस्थापन भैरहेको छ । पुल निर्माण भइरहेका स्थानमा बनाइएका वैकल्पिक मार्ग व्यवस्थित नगरिदा अधिकांस सवारी साधन फस्ने गरेका छन् । ७ किमी सडकमा यातायात अस्तव्यस्त हुने गरेको चालक घनश्याम राईले बताए । ‘विकल्पको रुपमा निर्माण गरिएको ट्रयाक समेत देखावटी मात्र खनिएको छ’, उनले भने, ‘घण्टौंसम्म गाडी फस्ने र यात्रुहरु अलपत्रको विचल्लि देखेर हैरानी भइसकियो ।’ उनले भने चैत्रको दिन मै यस्तो छ, ततकाल सडक नवानाउने हो भने असार श्रावणमा के हालत हुनछ, अहिले पनि दर्जनौ यायतातको साधान फस्ने गरेको वताए ।
उक्त सडकको निर्माणमा संलग्न प्राविधिकले भने क्षमता भन्दा बढि भारका सवारी तथा ढुवानी साधन सञ्चालन भएका कारण समस्या उब्जिएको दावी गरेका छन् । कञ्चनजंघा निर्माण सेवाका साइड इन्चार्ज टेण्डी शेर्पाले अत्यधिक भारका कारण सामान्य वर्षात हुँदा पनि सवारी साधनहरु भासिने गरेको बताए । तर हिलेदेखि भोजपुर तथा संखुवासभातर्फ चल्ने हल्का यात्रु वाहक सवारी साधन समेत भासिने गरेका छन् । विगत २ वर्ष देखि उक्त स्थानमा अत्यधिक समस्या उब्जिने गरेको छ । उक्त स्थानमा यातायात नियमित बनाउन प्रशासनले समेत उचित पहल नगरेको जनगुनासो छ । हिलोमा घण्टौंसम्म सवारी साधन भासिएर आवात जावतमा ठूलो समश्या भएको संखुवासभाका यात्रुले गुनासो गरेका छन् । बढिमा ५,६ घण्टाको हिले—खॉदबारीसम्म यात्रा गरेर पुगिने स्थानमा दोब्बर समय लाग्ने गरेको ती यात्रुले बताए ।
मध्य पहाडी लोकमार्गमा यात्रुलाई सास्ती
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































