ताप्लेजुङ  / सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले फुङलिङ नगरपालिकाले मेची राजमार्गको विभिन्न पाँच स्थानमा सडक ऐना राखेको छ । फुङलिङ नगरपालिकाको उकालीपानी, शान्तिटोल उकालो, रिजाल लाइनको गोलाईमा, बहानन्दे छेउ र खोक्सेखोल नजिकको अप्ठ्यारो गोलाईमा राखिएको ताप्लेजुङ ट्राफिक कार्यालयका प्रमुख टंकबहादुर मगरले जानकारी दिए ।

ट्राफिक प्रहरीले ऐना राख्न सहयोग गरेको थियो । नगरक्षेत्रका दुर्घटनाको उच्च जोखिम भएका स्थानमा ऐना राख्ने नगरपालिकाको योजना अनुरुप खरिद गरेर राखिएको र अझै त्यस्ता ठाउँ पहिचान गरेर राख्ने तयारी रहेको नगरपालिकाका नायव सुव्वा निर्मल शेर्पाले बताए ।