धनकुटा । जिल्ला सदरमुकाम धनकुटा वजारमा प्रधान कार्यालयको एकमात्र विकास बैंक काबेली विकास बैंक मर्जमा जाने निर्णय गरेको छ ।

शुक्रबार वसेको कावेली विकास वैंकको विशेष साधारण सभाले विराटनगर स्थित सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेको हो । मर्जमा गएपछि आगामी आर्थिक वर्ष श्रावण महिना देखि दुवै वैंकको एकीकृत कारोवार हुने कावेली विकास बैंक धनकुटाले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको पनि शुक्रवार नं विराटनगरमा भएको विशेष साधारण सभाले मर्जमा जाने निर्णय गरेको कावेली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र कुमार वादे श्रेष्ठले जानकारी दिएका छन् । सम्पन्न विशेष साधारण सभामा बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा साधरणसभाले पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार विकास बैंकको चुक्ता पुँजी ५० करोडको हुनु पर्ने भएकाले वाध्यताले मर्जमा जानु परेको अध्यक्ष काफ्लेले जानकारी दिए । कावेलीको हालको पुँजी २८ करोडको हाराहारीमा मात्र भएकाले नेपाल राष्ट्र बैंकको एकातिर रकम नपुग र अर्र्काे बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र जिल्लास्तरीय नभई प्रादेशिक स्तरको बनाउनु पर्ने भएकाले वाध्यताले मर्जमा गएको काफ्लेले बताए ।

बैंक मर्जमा गएपछि प्रधान कार्यालय धनकुटामै रहने र कर्पोरेट अिफस विराटनगरमा रहने बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र कुमार बादे श्रेष्ठले जानकारी दिए । बैंक मर्जमा गएपछि जोखिम बहन गर्ने क्षमता हालको भन्दा तेब्बर बृद्धि हुने डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमार खड्काले साधरणसभामा जानकारी दिएका छन् ।

सञ्चालक समितिका अर्का सदस्य तिलविक्रम चेम्जोङले मर्जर पछि बैंकको ७ जिल्लामा कार्यालय रहने जानकारी दिएका छन । उनले बैंकको १ केन्द्रिय कार्यालय, १ कर्पोरेट कार्यालय, ७ जिल्लामा वित्तिय कारोवार गर्ने गरी ४२ वटा शाखा कार्यालय सहित २६ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह हुने जानकारी दिए ।

उनले कावेली वैंक साविक वस्दा कोही निक्षेपकर्ताले ऋण मागे भने ५ करोड भन्दा वढी दिने अवस्था थिएन, तर अव एक जनालाई २० करोडसम्म ऋण दिन सक्ने वताएका छन् । वैंकको अहिलेसम्म ६४ करोड चुक्ता पुँजी थियो भने अव जर्म भए पछि ८० करोड पुग्ने सदस्य चेम्जोङ्गले वताए । साथै उनले कावेली विकास वैंकको २८ करोड शेयर रहेको अवगत गराउँदै पव्लिक शेयर कन्भर्ट गर्दा प्रमोटर शेयर हुनेलाई साधरण शेयरमा फाईदा पुग्ने बताएका छन् ।

विशेष साधरणसभामा सहभागी शेयर सदस्य एवं अतिथिहरुलाई सञ्चालक समितिका सदस्य जनार्दन गोठालेले स्वागत मन्तव्य दिएका थिए । सो क्रममा गोठालेले आफ्नो पहिचान नै गुमाएर मर्जमा जानु पर्ने रहर नभई वाध्यता रहेको बताए । तर, मर्ज भएपछि पुँजीमा बृद्धि, क्षेत्राधिकारमा विस्तार हुने, लगानीमा बृद्धि हुने जस्ता सकारात्मक फाईदा पनि रहेको जानकारी दिए ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पूर्व पहाडका नदीहरु सप्तकोशीमा गाभिएको जस्तै कावेली वैंक पनि कावेली नदी गाभिए जस्तै स्थापित बैंक सप्तकोशीमा गाभिएको बताउँदै मुख्य कारोवार धनकुटाबाट नभई विराटनगर सार्न वाध्य भएकोमा दुःख प्रकट गरे । उनले सरकारको नीति पहाड विरोधी रहेको बताउँदै सरकारी नीतिले कुनैपनि बैंकको पहाडमा कर्पोरेट कार्यालय रहन नसक्ने बताए ।

सो अवसरमा शेयर सदस्यका तर्फबाट द्रोणप्रसाद गुरागाई, गीता अधिकारी, जयन्द्र प्रधानलगायतले शेयरको अवस्था र मर्जको कारणका वारेमा प्रश्न राखेका थिए । शेयरसदस्यहरुको प्रश्नको अध्यक्ष तथा डिपुटी सिइओ कुमार खड्काले जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन कावेली विकास वैंक धनकुटाका जनसंम्पर्क अधिकृत मोहन ढुंगेलले गरेका थिए ।
तस्विर नं.१÷संचालक समितिका सदस्य तिलविक्रम चेम्जोङ्ग वैंक मर्ज हुनु पर्ने अवस्थाका वारेमा शेयर सदस्यहरुलाई जानकारी गराउँदै ।