सिरहा / सिरहामा वन कर्मचारीहरुको सेटिङ्गमा काठ तस्करी भएको तथ्य सार्वजनिक भएको छ । वन कर्मचारीको मिलोमतोमा प्रतिवन्धित ५७ थान काठ तस्करी भएको हो ।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ मा रहेका प्लाईउड उद्योगदेखि १ किलोमिटर दक्षिणमा स्टोक गरी राखेको अवस्थामा कर्मा जातको दाउरा र गोलिया साइजको ५७ थानको जम्मा दुई सय क्यू फिट काठ स्टोक गरी राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादबले जानकारी दिए ।
ती काठ तस्कारीमा वन कर्मचारी, प्रहरी प्रशासनको मिलेमतोमा तस्करी हुने गरेको स्थानीयले बताएका छन् । यता वन कर्मचारीको संलग्नताबारे कार्यालयका प्रवक्ता अमरेन्द्रप्रसाद यादबले भने कर्मचारीहरुको बचाउ गरेका छन् ।
सिरहामा वन कर्मचारी सेटिङ्गमा काठ तस्करी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































