विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • खुल्लामञ्चमा चल्यो डोजर, भाडावालाकाे रूवाबासी

खुल्लामञ्चमा चल्यो डोजर, भाडावालाकाे रूवाबासी

alt
  • वैशाख १४, २०७६
  • रमेश लम्साल/रासस
 
काठमाडौँ /  राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ ।
राजनीतिक आन्दोलन एवं सार्वजनिक सभाका लागि महत्वपूर्ण मानिएको सो स्थानमा पछिल्लो समय केही व्यापारीले कब्जा गरेका छन् । खुलामञ्चको अग्रस्थानमा भानु मावि पुनःनिर्माणका लागि निर्माण सामग्री थुपारिएको छ । यस्तै अस्थायी रुपमा बसपार्क बनाइएको स्थानमा अवैधरुपमा सटर निर्माण गरी बिक्री गरिएको छ । अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौँको पुरानो बसपार्कको सटर तथा कबल आज डोजर लगाएर हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो । सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए ।
काठमाडौँ महानगरले सार्वजनिक जग्गामा सटर बनाउन दिएको विषयमा चौतर्फी विवाद तथा आरोप प्रत्यारोपसमेत भएको थियो । सार्वजनिक स्थान व्यक्तिले कब्जा गरेको पाइएपछि आज डोजर लगाइएको हो । सुरक्षाकर्मीसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत उपस्थित भई नयाँ बनाइएका ४३ सटर हटाइएको हो ।
 
खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा थिए । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द विकाइ बिल्डर्स प्रालि’ बीच २०७४ वैशाख ८ मा सहमति भएको थियो । पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण गर्ने गरी महानगर र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकाइ विल्डर्सबीच सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा निर्माण व्यवसायीले पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण प्रक्रिया शुरु गरेपछि बसपार्क खुलामञ्चको उत्तरतर्फ सारिएको थियो । बसपार्क उक्त स्थानमा सारिएपछि निर्माण व्यवसायीले सार्वजनिक स्थानमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरपालिका र सुरक्षाकर्मीको टोलीले बसपार्कका सटर भत्काउन थालेपछि सटर भाडामा लिएका व्यापारीको भने भागाभाग भएको थियो ।
उनीहरुले आफूहरुले ठेकेदार मनोज भेटवालसँग भाडामा लिएको बताएका छन् । डोजर चलेपछि सामान स्याहार्दै मलिन मुद्रामा मनमाया खत्रीले भनिन, “मैले ठेकेदारलाई रु ११ लाख रकम बुझाएर पाँच वर्षका लागि भाडामा लिएको थिए तर आज एक्कासि डोजर चल्यो, भाडामा लगाउने ठेकेदार पनि छैन, मैले कसरी पैसा उठाउने चिन्ता छ ।” यस्तै अर्का व्यापारी सन्तोष कार्कीले पनि भेटवाललाई एउटा सटरको रु १५ लाख बुझाएको बताइन । अधिकांश व्यवसायीले सटरको सामानसमेत निकाल्न पाएनन् भने केहीले हतारहतार डोजर चल्दै गर्दा सामान निकालेका थिए । आफूले गरेको लगानी बालुवामा पानी भएको भन्दै उनीहरु चिन्तित देखिन्थे । डुबेको पैसा कसरी उठाउने भन्ने चिन्तामा उनीहरु परेका थिए । कोही सामान कुरेर बसेका थिए भने कोही गलत व्यक्तिको पछाडि लाग्दा समस्यामा परेको बताएका थिए । उनीहरुले व्यापार व्यवसायका लागि सहज हुन्छ भन्दै सटर भाडामा लिएको भए पनि सूचना नै नदिई सटर भत्काइएकामा गुनासोसमेत गरेका थिए । निर्माण व्यवसायी भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक रु एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएको व्यापारीले आरोप लगाए ।
 
सार्वजनिक स्थानमा बनाएका प्रतिसटर रु ११ लाख सलामी लिएर बिक्री गरेको व्यापारीले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले रु पाँच करोड अग्रिम भुक्तानी लिइसकेको व्यापारीको आरोप छ । सटर भाडामा लिएका अधिकांश व्यापारी र निर्माण व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ ।  प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सार्वजनिक स्थानमा कुनै स्वीकृति नै नलिई कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाइने बताए । “हामीले विगत केही दिनदेखि यसलाई सूक्ष्म तवरले अध्ययन गरिरहेका थियौ, महानगरपालिकाको आग्रहमा आज सटर तथा कवल खाली गराइएको हो ।” व्यापारी र निर्माण व्यवसायीबीच लिखित सम्झौता भए नभएकाबारे आफूलाई केही जानकारी नभएको उल्लेख गर्दै प्रजिअ आचार्याले भने, “व्यापारीले लिखितरुपमा उजुरी गरेको खण्डमा आवश्यक कारवाही गर्न प्रशासन तयार छ ।” 
 
व्यापारीले सटर निर्माण हुँदासम्म थाहा नपाएको महानगरले आफूहरुलाई सूचना नै नदिई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै आपत्ति जनाएका थिए । खुलामञ्च रहेको क्षेत्र महानगरको वडा नं २८ मा पर्छ । 
  • खुल्लामञ्च
सम्बन्धित समाचार
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि ...

विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार ...

१४५४ किलो गाँजासहित एक पक्राउ

विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठू ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ
असोज ३, २०८३
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ
असोज ३, २०८३
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क