विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

alt
  • वैशाख २०, २०७६
  • कुमारप्रसाद चौलागाईं
 
काठमाडौँ / सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस शुरु भएको हो ।
 
उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसको लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गर्नु थियो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी विन्डहक घोषणापत्र एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो जसको सान्दर्भिकता आज पनि उत्तिकै छ । प्रेस स्वतन्त्रता दिवस मनाउनुको मुख्य कारण समाचारको खोजी र प्रस्तुतिका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी खट्ने सञ्चारकर्मी जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ, उनीहरूप्रति सम्मान व्यक्त गर्नु हो । पत्रकारहरू राज्य र गैरराज्य पक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका शिकार हुने क्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौँ पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौँ हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ धम्की, डर र त्रासबाट सताइनेको सङ्ख्या त अनगिन्ती छ ।
 
मे ३ उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःखकष्ट सम्झने दिन हो । मे ३ को अवसरमा राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने दायित्व र कर्तव्य तिम्रो हो भनेर स्मरण गराउने र राज्यलाई थप कटिबद्ध हुन दबाब दिने दिन भएको बताउनुहुन्छ नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल । मे ३ का दिन प्रेस स्वतन्त्रता हननका घटनाहरूका तथ्याङ्क र विश्लेषण प्रस्तुत गरेर हरेक देशका आम मानिसलाई यो अवस्थाका बारेमा सचेत र जागरुक बनाउनुपर्ने अर्को मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आज पनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ । नेपालमा विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् ।
 
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो । अघिल्लो वर्ष यो सङ्ख्या ६६ रहेको थियो । यस वर्षमा १०४ उल्लङघनका घटनामध्ये आक्रमण÷हातपातका ३१, समाचार सङ्कलन रोक र तोडफोडमा १६, दुव्र्यवहार २८, ज्यान मार्ने धम्की १९ र तीन घटना समाचार लेखेकै भरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृङ्खला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो देखिएको छैन । “धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा राजनीतिक दलकै संलग्नता देखिन्छ, त्यसको अन्त्यका लागि हामीले मे ३ कै सन्दर्भ पारेर प्रमुख दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ”, उनले भने ।
 
इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको सङ्ख्या प्रेस काउन्सिलका अनुसार गत चैतसम्ममा एक हजार ६०० पुगेको छ । तर यो सङ्ख्या हेर्दा अनलाइन मिडियाको सङ्ख्या निकै बढी रहेको अनुमान गर्न सकिन्छ । अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ । स्वतन्त्र प्रेसका लागि वातावरण तयार गर्न अभिव्यक्ति स्वतन्त्रताका सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य बढाउनुपर्ने र नागरिक समाजको पहरेदारी पनि बढ्नुपर्ने, दण्डहीनताको अवस्था अन्त्यका लागि राज्यले शीघ्र पहल गर्नुपर्ने, संविधानले प्रस्तावानामा भनिएबमोजिम पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित कानूनबाट गर्न र व्यवहारमा पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति दिनुपर्ने मुख्य दायित्व आजको यस दिवसले प्रदान गर्नुपर्ने नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दहाल बताउछन । 
  • प्रेस स्वतन्त्रता
सम्बन्धित समाचार
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि ...

विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार ...

१४५४ किलो गाँजासहित एक पक्राउ

विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठू ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ
असोज ३, २०८३
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
देवानगञ्जमा फेरी तनाव : निरज यादवमाथि आक्रमण, दुईजना पक्राउ
असोज ३, २०८३
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क