धरान । नेपाल सरकारले मिडियालाई अंकुश लगाउन मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै आज देशभरका नेपाल पत्रकार महासंघ शाखाहरुले विरोधका कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा एक घण्टा प्रर्दशन गरेका छन् ।

हातमा कालोपट्टी बाँधेर धरान उपमहानगरपालिका अगाडी विरोध सभा गरेका हुन । सभालाई नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष हर्ष सुब्वाले सम्बोधन गरेका थिए । उनले लोकतन्त्रमा मिडिया माथिको अंकुश शोभानिय नभएको बताए । सरकारद्वारा नियन्त्रित प्रेस भए अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मिडियाको विश्वास नहुने सुब्वाले बताए ।

कार्यक्रममा नेपाल पत्रकारमहासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले पनि बोलेका थिए । महासंघ केन्द्रको कार्यक्रम अनुसार आज देशभरका पत्रकारहरु कालोपट्टी बाधेर कार्यक्षेत्रमा पुगेका छन् ।