पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका ९ जनाको विभत्स हत्या भए पछि गाउँमा त्रास फैलिएको छ ।
सिंगाे परिवारकै हत्या भए पछि आज रातभरी स्थानीयहरु डरले सुतेनन् । एउटा व्यक्तिले यतिको संख्यामा हत्या गरेको सम्भवत यो नेपालमा पहिलो घट्ना हो । जताभावी खुकुरीले हानेर विभत्स तरिकाले हत्या गरिएको शव हेरेर स्थानीयवासी भयवित भएका छन् । स्थानीयले ९ जनाको विभत्स हत्यापछि गाउँमा त्रास सिर्जना भएको बताउदै हेर्ने नसकिने घटनाको दृष्यले स्थानीयमा मनोबैज्ञानिक असर परेको भन्दै शान्ति सुरक्षाको पनि माग गरिन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । भागेर ज्यान बचाएकी सीता माखिमले प्रहरीलाई दिएको जानकारी अनुसार मखुन्डो लगाएर आएको एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । सीता खजुम बमबहादुरकी साहिली छोरी की जेठी छोरी हुन् । मुखुन्डो लगाएर आएका एक व्यक्तिले एका–एक सुतीरहेका हजुरवा–आमा लगयत अन्यलाई खुकुरी प्रहार गर्न थालेपछी बिउझेकी उनलाइपनी खुकुरी धारीले झम्टे पछि भाग्ने क्रममा घाइते भएकी उनकोे दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । ९ जनाकै शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा मध्यरातमा ल्याइएको छ । मृतकहरुको शव पोष्टमार्टम पछि धरानबाट गृह जिल्ला पाँचथर लगीएको छ । शव र लगिएकासंगै धरान स्थित थत विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा आफन्तहरुले आन्दोलन गरेका छन् ।