Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अर्थ
अर्थ

विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

र रासस जेठ ११, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महीनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा सो अवधिमा रु २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो ।

गत वर्षको तुलनामा चालू आवको सो अवधिमा रु छ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजश्व सङ्कलन भएको हो । राजश्व सङ्कलनको स्थिति हेर्दा गएको वर्षमा साउन र भदौ महीनाबाहेक प्रत्येक महीनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ भने चालू आवमा साउन महीनामा १००.६८ प्रतिशत र असोज महीनामा १३३.५६ प्रतिशत प्रगति भए पनि अन्य महीनामा राजश्व सङ्कलनमा गिरावट आएको देखिन्छ । लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न कार्यालयलाई बाँकी दुई महीनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न रु १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजश्व उठाउनुपर्ने स्थिति छ ।

राजश्व सङ्कलनको स्थिति हेर्दा अब कार्यालयले दुई महीनामा रु छ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन । लक्ष्यअनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडैलले विभागको महत्वाकाक्षी लक्ष्य र यो नाकाबाट आयात ह्वातः घट्नु हो भने । गएको वर्षको तुलनामा सो अवधिमा २५ प्रतिशत राजश्व बढी सङ्कलन भएको छ भने ।

चालू आवमा वैशाख महीनासम्ममा कूल रु २१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र रु एक खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गएको वर्षमा सो अवधिमा निकासी रु २० अर्ब १० करोड सात लाख ६० बराबरको र पैठारी रु एक खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो ।

विराटनगर भन्सारदेखि भारत तथा समुन्द्रपार निकासी वस्तुमा पिना, भेनीयर सीट, वनस्पति उत्पादनहरु, चोकर भुस, खजुरको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, बोरा र झोला, अन्य रेशाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुन्द्रपार पैठारी वस्तुमा हाइस्पीड डिजेल, एमएस विलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सीट, स्टील वायर रड इन क्वायल र एमएससम्म, एल पि ग्यास, एच.आर.सीट र सिमेन्ट क्लिङ्कर छन् । 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
कार्तिक १०, २०८३
पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
कार्तिक ९, २०८३
सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
कार्तिक ९, २०८३
छापा संस्करण [ePaper]
  1. इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
    कार्तिक १०, २०८३
  2. पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
    कार्तिक ९, २०८३
  3. सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
    कार्तिक ९, २०८३
  4. सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
    कार्तिक ९, २०८३
  5. धान थन्काउन किसानलाई चटारो
    कार्तिक ८, २०८३
  6. जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
    कार्तिक ८, २०८३
  7. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  8. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  9. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  10. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  11. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  12. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  13. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  14. चोरीका गरगहनासहित महिला पक्राउ
    कार्तिक ४, २०८३
  15. हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
    कार्तिक ४, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड