३६ हजार जनसंख्या रहेको भोजपुरको आमचोक गाउँपालिका कृषी र पर्यटनको भरपुर सम्भावना रहेको गाउँपालिका हो । यहाँका मानिसहरुको जीवनयापनको मुख्य श्रोत भनेको कृषी नै हो । पहाडी क्षेत्र भए पनि विकासका लागि भरपुर स्रोत र साधन भएको यस गाउँपालिकामा लामो समयसम्म विकास विमुख भएको थियो । स्थानिय चुनावसंगै गाउँपालिकाले स्थानिय जनप्रतिनिधि पाएसंगै क्रमिक रुपमा विकासकोबाटो तर्फ अघि बढिरहेको छ । विषेश गरी भौतिक पूर्वाधारमा यहाँका विभिन्न बाटा पुलपुलेसाहरुको निर्माण तथा योजनाहरु तयार हुदै आए छन् । साथै पर्यटकीय सम्भावना भएको ऐतिहासीक क्षेत्रहरु समेत रहेको यस गाउँपालिकामा पर्यटकीय विकासका लागि पर्यटकीय क्षेत्रहरुको पहिचान र त्यसको प्रर्वधनका साथै त्यहाँसम्मँ पुग्न र बस्नकालगि पूर्वाधारहरुको निर्माण तथा संरक्षण गर्ने कार्यहरु गरिरहेको छ । यसै सम्बन्धमा ब्लाष्टकर्मी विश्वराम कार्कीले आमचोक गाउँपालिका वडा नम्बर २ का बडा अध्यक्षसंग गरेको कुराकानी उहाँकै शब्दमाः