इलाम / बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन। उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएकाे छ । नगरपालिकाले आज आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा लगिएकाे हो । भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































