मोरङको कानेपोखरी गाउँपालिका –१ होक्लाबारीका जोहल मुर्मुको सवारी र्दुघटनामा परेर ४ वटा करङ र मेरूदण्ड भाँचियो । तत्काल उपचारका लागि उनी विराटनगरको नाम चलेका अस्पतालमा पुगे । उनलाई चिकित्सकले शल्यक्रिया गरी उपचार गर्न सुझाव दिए । तर शल्यक्रियाको विकल्प खोजिरहेका उनी मोरङको रङ्ेगली–४ आमतोलामा रहेको जगदम्बा मुर्मू योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्रमा पुगे ।
उक्त केन्द्रका वैद्य लखिराम मुर्मूकोे जडीबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ । सेवा केन्द्रमा रहेर नियमित उपचार गराउँदै आएका मुर्मूले जडिबुटीबाट अहिले ठीक हुँदै गएको उनले बताए । ‘सेवा केन्द्रमा आएर जडीबुटीबाट उपचार शुरु गरेको १५ दिन भयो,’ उनले भने, ‘नियमित जडीबुटीको औषधी सेवनले ठीक हुँदै गएको छ ।’ यस्तै मोरङ कटहरी गाउँपालिकाका लखन राजवंशीको दायाँ खुट्टा भाँचियो । उनी पनि जडीबुटीबाट उपचार गर्न जगदम्बा मुर्मू योग उपचार केन्द्रमा पुगेका थिए ।