देउराली । बरगाछी  देखी भानुचाैक सम्मकाे काेशी राजमार्गकाे सडक प्राय खाडल नै रहने गरेकाे छ । सडक विभाग अन्तरगत पर्ने याे सडककाे मर्मतका विषय लिएर प्राय विबाद नै हुने गर्द छ । मर्मत गरिएकाे बेला खाडल लाइमात्रै पुरीनाले सडककाे सतह अमिल्दाे भएर सडक भरी अैनेरू पलाए जस्ताे देखीने गरेकाे छ भने राम्राेसंग मर्मत नहुनाले मर्मत गरेकाे हप्तादिन पनि टिक्ने गरेकाे छैन ।

सडकाे यस्ताे अवसथा हुदापनि सडक विभागले वेवास्ता गरेकाले  पूर्वबाट धरान हुदै  पूर्वाञ्चलका उत्तरी जिल्लाहरू जाने यातायातमात्र नभएर तराइका जिल्लाहरबाट उपचारकालागी वीपी काइराला स्वस्थ विज्ञान प्रतिष्ठान ल्याइएका विरामीहरूकाे काल बनेकाे छ । 

केहि समय अगाडीमात्र मर्मत सम्पन भएकाे याे सडकमा मध्य बर्खामा धुले उड्ने गरेकाे छ भने सडमा भएका खल्डाहरू जस्ताका तस्तै छन् ।