सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।

काठमाडौंको बालुवाटारस्थित कार्यालयमा बुधबार दिउँसो जेनेरेटरकाे इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा नआउँदासम्मकाे लागी बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएकाे महानगरीय प्रहरी परिसर काठमाडौंले बताएकाे छ । आगलागी साढे २ बजे नियन्त्रणमा आए संगै क्षेत्रमा यातायात सञ्चालन भएको छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।