धरान । लिम्बू र्याप एल्बम ‘खान्ङ्ग थेनिग’ को ‘नुमा–नुमा–नुमा’ बोलको गीत धरानमा बुधबार विमोचन गरिएको छ ।
अभिनेता प्रेम सुब्बा, क्याप्टेन एबी पन्धाकलगायतले र्याप गीतको लोकार्पण गरे । हेम सुब्बाको म्युजिक एरेञ्ज गरेको गीतको छायाङ्कन नरेन्द्र लोहरूङ राईले गरे । गीतको शब्द, गायन तथा मोडलको रूपमा राजकुमार वनेम ‘प्रिन्स’ रहेका छन्् ।

गीतलाई पदमकुमार लिम्बूले निर्देशन गरेका हुन् । धरान, धनकुटा र हिलेलगायत क्षेत्रमा छायाङ्कन गरिएको छ । पहिलो लिम्बू र्याप भएको गायकले दाबी गरे पनि २० वर्ष अगाडि नै भगत सिङ्गकले ¥याप गीत निकालेका थिए ।