Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

र रासस-एएफपी कार्तिक ११, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेका छन् । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।

राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाएका हुन् । हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा (कफ्र्यु) पनि निस्प्रभावी भएपछि गत शनिबारदेखि त्यस्ता निषेधाज्ञाहरु पनि हटाइएका थिए ।

एक दशकयताकै सर्वाधिक ठूलो नागरिक विद्रोहका कारण मुलुकमा अस्थिरता र हिंसा बढेको भन्दै गत साताभर सरकारले आपतकाल र निषेधाज्ञा जारी गरेको थियो । सार्वजनिक यातायातमा भाडा वृद्धि भएको भन्दै विद्यार्थीको विरोधबाट शुरु भएको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । अहिले यो आन्दोलन सरकारको नियन्त्रण बाहिर पुग्नुका साथै केही व्यक्तिको मृत्यु समेत भएको छ ।

राष्ट्रपतिको ट्वीटरमा देशका विभिन्न भागमा लगाइएका आपतकाल र निषेधाज्ञा तत्काल हटाउने उल्लेख छ । निषेधाज्ञा लागू गरेसँगै देशका विभिन्न भागमा २० हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको थियो । राष्ट्रपति पिनेराले नयाँ सरकार गठन गर्नेगरी मार्गप्रशस्त गर्न वर्तमान मन्त्रिमण्डलका सबै सदस्यलाई राजिनामा गर्न आग्रह गरेलगत्तै आपतकाल हटाउने निर्णय सार्वजनिक भएको हो ।

पिनेराले शनिबार आफूहरु नयाँ सोचका साथ अघि बढ्न चाहेको बताउँदै एक साताअघिको भन्दा अहिलेको चिली बिल्कुलै भिन्न भइसकेको बताए । तर राजधानी सान्टियागोबाट करिब १२० किलोमिटर पश्चिमको भाल्पाराइसोमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शन उत्रिएका छन् । भाल्पाराइसोका मेयर जोर्ज शार्पले यो आन्दोलन शान्तिपूर्ण र रचनात्मक रहेको बताए ।

यस प्रदर्शनमा झण्डै १ लाख मानिस सहभागी भएका थिए । प्रदर्शनका क्रममा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच छिटपुट सामान्य भिडन्तका घटना भएका थिए । प्रदर्शनकारीले अहिले आर्थिक र राजनीतिक सुधारको कार्यसूची अघि सार्नुका साथै राष्ट्रपति पिनेराको राजिनामा मागिरहेका छन् । आगामी नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को व्यापार सम्मेलन पनि हुँदैछ ।

प्रदर्शनका कारण यो सम्मेलनलाई असर पार्ने सम्भावना व्यक्त भइरहेका बेला सरकारले भने उक्त सम्मेलन निर्धारित मितिमै हुने स्पष्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
कार्तिक २, २०८३
नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  2. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  3. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  4. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  5. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  6. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  7. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  8. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  9. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  10. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  11. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  12. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  13. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  14. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  15. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड