ब्लाष्टखबर । अष्ट्रेलियाको न्यू साउथ वेल्स जङ्गलमा भएको आगलागीका नियन्त्रणमा आउन नसकेको कारण यस नजीकै रहेको सहरहरुमा यतिबेला वायु प्रदुषण बढेको छ । मंगलबार बिहान देखी नै अष्ट्रेलियाको सबै भन्दा ठूलो सहर सिड्नीमा धुवाँको कुहिरो छाएको छ ।  अधिकारीका अनुसार तेज हावाका कारण जंगलमा भएको आगलागीको धुवाँ नजिकैका सहरहरुमा पुगेको हो ।

धुवा सहरमा प्रवेस गरेसंगै सहरमा वायु प्रदुषणका कारण स्वच्छ हावाको गुण्स्तरमा ह्रास आएका छ । जस कारण शरिरीक गतिवीधी नर्गन तथा प्रभावीत क्षेत्र भन्दा अन्यत्र जान वातावरण अधिकारीहरुले निर्देशन दिएका छन् ।

सिड्नीको उत्तरी क्षेत्रको करिब तीन लाख हेक्टर जङ्गलमा भएको आगलागीले यतिबेला सिड्नीको आकासमा धुवाँको कुहीरो छाएको हो । जसका कारण त्यहाँका मानिसहरुलाई स्वस लिनपनि कढिनाई भइरहको जनाइएको छ ।

न्यू साउथ वेल्सका स्वास्थ अधिकारीहरुका अनुसार सिड्नीमा धुवाँका कारण स्वासप्रस्वासका बिरामीहरु बढ्दै गएका छन् । जङ्गलमा लागेको आगो वर्षात विना हप्तै सम्म नियन्त्रणमा नआउने त्यहाँको ग्रामीण अग्नि नियन्त्रण सेवा विभागका अधिकारीले बताएका छन् । 

आगलागीका कारण लामो समयसम्म खराब वायु प्रदुसण यूक्त हावामा रहनुपर्ने हुनसक्ने त्यहाँका सार्वजनीक स्वास्थ विशेषज्ञले चेतावनी दिएका छन ।  आगलागी कै कारण अक्टुबर सुरुवात संगै करिब ६८० घर जलेर नष्ट भएका छन् भने २५० बढि घर क्षतिग्रस्त भएको त्यहाको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

सेवाका अनुसार करीब २८,०० कर्मचारी १०० भन्दा बढि स्थानमा आगो निभाउन संर्घषरत छन् । सिड्नी नजिकै भएको आगलागी सहरको केन्द्र भन्दा करीब ७५ किलोमीटर उत्तर पश्चिममा रहेको बताइएको छ ।

आगलागीबाट निस्केको धुवा अन्तरीक्षबाट समेत देख्न सकीने त्यहाँका स्थानीय संचारमाध्यमले  जनाएकाे  छन् ।

 

भिडियाे  : माधव पाण्डे तथा निश्चल कार्की