धरान / नेपाली फिल्म क्षेत्रका चर्चित फिल्म निर्देशक मिलन चाम्स र समाज सेवी तथा गायक पूर्ण लिम्बुले मोरङ्ग बेलाबारी नगरपालिका वडा ९ बेलाई गाउँ निवासी अनाैठाे रोगी २३ वषिर्य आस्मा धिमाल र कानेपोखरी बयरन घर भई हाल बेलबारी वडा ३ सिम्मपानी चोक बस्ने ३८ वर्षिय मृगौला रोगी यादबहादुर सार्काे दुवैलाई आर्थिक सहयोग गरेका छन ।
आफनो कार्य क्षेत्रमा मात्रैै होइन सामाजिक क्षेत्रमा समेत सहयोग गदै आएका फिल्म निर्देश मिलन चाम्स र वल्फेर सेन्टरका प्रमुख गायक तथा समाजसेवी पूर्ण लिम्बुले विभिन्न च्यारेटी कार्यक्रम गदै आएको रकम सामाजिक क्षेत्रमा सहयोग गदै आएको बताए।
आफनो कार्य क्षेत्रको समय पछिको फुर्सदको समय समाजको लागि दिदै आएको गायक पूर्ण लिम्बु बताउछन् । उनिहरु दुवै आआफनो कार्य क्षेत्रमा ब्यस्त भए पनि आफनो सामाजिक क्षेत्रको निम्ति बिशेष समयहरु निकाल्ले गरेको उनिहरु बताउछन् ।
'महिला गाउने गीतहरु धेरैजसो मनोरञ्जन लाई भन्दा पनि समाजमा सन्देश दिने खालको गीत गाउने बताउछन् । आज बिचित्रको रोगी आस्मा धिमाललाई प्रत्यक्ष रुपमा भेटन र उनको बिरामीको बारेमा जानकारी लिन अवसर जुरेको छ ।'- लिम्वुले भने ।
आउने दिनमा उनको सहयोगको लागि बिशेष पहल गर्नै बताउछन् । आस्मा धिमाल मात्रै होइन उनका सानो भाई लाई समेत बिचित्रको रोगकोे बिरामी देख्दा आफुलाई समेत नरमाइलो लाग्गेको मिलन चाम्स बताए ।
आस्माको बाबु नल बहादुर धिमाल भन्छन -'घरको आर्थिक अवस्था कमजोरको कारण छोराछोरी रामोसँग उपचारसमेत गर्ने नसकेको छैन । याे सहयोग मेरा लागि ठूलाे हाे ।'