धरान/ न्यूजील्याण्डमा भएको ज्वालामुखी विष्फोटमा हराइरहेका दुई जनाको खोजीलाई स्थगित गर्ने प्रहरीले निर्णय गरेको छ ।
न्यूजील्याण्डको ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विष्फोटमा १९ जनाको ज्यान गएको थियो भने दुई जना बेपत्ता बनेका थिए ।

उनीहरूको प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । तर, हालसम्म नभेटिएपछि प्रहरीले खोजी कार्यलाई स्थगित गरेको हो । डिसेम्बर ९ मा भएको घटनामा १७ वर्षीया किशोरी विनोना जान लाङ्गफोर्ड र ४० वर्षीय हाइडेन ब्रायन मार्सल इमान हराएका हुन् ।

उनीहरूको खोजीपछि नभेटिएका कारण खोजी कार्य स्थगित गरेको विदेशी सञ्चारमाध्यममा उल्लेख गरिएको छ । प्रहरीले ती दुवैका परिवारलाई यसबारे जानकारी दिइसकेको छ । उनीहरू अष्टे«लियाको सिड्नीबाट घुम्नका लागि न्यूजील्याण्ड गएका थिए ।