धरान सुनसरी । ख्रीष्टमस डेको अवसरमा धरानका इसाईहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर धरानमा ख्रीष्टमस डे मनाएका छन् । सियोजन मेथेडिष्ट चर्चा धरान १२ स्थितमा ख्रीष्टमस डे मनाउन आएका युवायुवती ,बालबालिकाहरुले साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

ख्रीष्टमस डे को अवसरमा एकल महिला र जेष्ट नागरिक गरी १४ जनालाई सम्मा समेत गरेको थियो । त्यस्तै गरी पबित्र आस्रमका ११ जना बालिकाहरुलाई जाडोका कपडा स्टेशनरी समाग्री र ३५ हजार रुपैया सहयोग गरेको छ भने धरान १५ निराजन बस्तीमा रहेको आशिस होस्टेलमा रहेका बालिकाहरुलाई समेत जाडोको लुगा हस्तान्त्ररण गरेको सियोजन चर्चाका पास्टरले जानकारी दिएका छन्।

ख्रीष्टमस डे मनाउन आएका सबैजनाले नाचदै रमाइलो गदै आफनो इसाई पर्व ख्रीष्टमस डे मनाएका थिए । ख्रीष्टमस डे को अवसरमा सञ्चारकर्मीहरुसँग शुभकामना आदन प्रदान कार्यहक्रम समेत गरेको थियो ।

कार्यक्रम आउने सबै अतिथिहरुलाई धन्यवाद दिदै सियोन चर्चाका पास्टर मेरमान हुयुज गिरीले आफ्नो भवगनलाई प्रर्थाना समेत गरेका थिए ।