देउराली । धरानमा तालीम लिन आएका दुई साथी–साथी विच विबाद हुदाँ छुरा आफ्नै साथीमाथी छुरा प्रहार भएको छ ।
धरान उपमहानगरपालिका १६ स्थित प्यारा पाईलटको तालिम लिन आएका पोखराका उपमहानगरपालिका ५ लेक साईड घर भएका २८ वर्षीय राजेश नेपालीले साहि ठाउँबाट तालिम लिन आएका १९ वर्षीय बिश्वास गुरुङलाई छुरा प्रहार गरेका हुन् ।
बुधबार राती मदिरा सेबन गरेका दुई विच सामान्य विबाद हुदाँ नेपालीले गुरुङमाथि प्यारा पाईलटले आपत्कालीन अवस्थामा प्रयोग गर्ने स्विश्नाइफ प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । गुरुङको घाँटी, कोखा, ढाड लगायतमा चोट लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका गुरुङको विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्काइएको छ । करीब १५ दिन आघिबाट संञ्चालित राष्ट्रिय स्तरको प्यारा पाईटलको तालिम लिन गुरुङ बुधबार नै धरान आएका थिए भने नेपाली सुरुवाती चरण देखिनै तालिम लिई रहेका थिए । नेपाली र गुरुङ विच यस अघि पनि विबाद रहेको घाइते गुरुङले बताएका छन्
छुरा प्रहार गर्ने नेपालीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएई ज्यान मार्ने उद्योगमा मुद्धा दर्तागरी थप अनुसन्धान भइरहको कार्यालयले जनाएको छ ।